२६ बैशाख २०८१, बुधबार

प्रधानमन्त्रीको लागि ओली भन्दा प्रचण्ड नै राम्रोः अनिल झा


anil-kumar-jha

 

२२ पुस, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले मधेसका लागि एमाले अध्यक्ष केपी ओली भन्दा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो हुने बताएका छन् । शनिबार आयोजित रिपोर्टर्स क्लबको साक्षात्कारमा राजपा अध्यक्ष मण्डलका सदस्य झाले भने, ‘मैले पहिले पनि भनेको छु, आज पनि भन्छु, संघीयता, समावेशी-समानुपातिकको पक्षमा काम गरेको लिडर प्रचण्ड हो । उहाँ नै प्रधानमन्त्रीबन्दा राम्रो ।’

प्रधानमन्त्रीको लागि प्रचण्ड नै उदार नेता भएको उनले बताए । खस, बाहुन र क्षेत्री नेताहरुमध्ये संघीयता र समावेशीताको पक्षमा काम गरेको नेता प्रचण्ड भएको उनको भनाइ थियो । उनले केन्द्रिय सरकारमा आफूहरु जाने गणित नभएको जिकिर गरे । यद्यपि समर्थन दिन सक्ने संकेत गरे । उनले भने, ‘हाम्रो मत भनेको फोरमसँग मिलेर प्रदेश २ मा सरकार बनाउने र संविधान संशोधनका लागि संघर्ष गर्ने हो ।’

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !