२० बैशाख २०८१, बिहिबार

प्रदेश १ को राजधानी धनकुटा  नै  कायम गर्न उधोग मन्त्री थापाको विशेष पहल


Sunil Bahadur Thapa सुनिल बहादुर थापा

२१ पुस, काठमाडौं ।  प्रदेश नं १ को राजधानी धनकुटा  नै  कायम गर्न र प्रदेश सभाको पहिलो बैठक पनि धनकुटामा गर्न उधोग मन्त्री सुनिल बहादुर थापाले केही दिनयता विशेष पहल तथा भेटघाट तिब्र बनाउनु भएको छ ।

सो क्रममा मन्त्री थापाले सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा र प्रमुख दलका शिर्षस्त नेताहरु र मन्त्रीहरुलाई पटक पटक भेटी प्राचिन(राणाकाल) देखि धनकुटा गौंडाको रुपमा कायम हुँदै हालसम्म पूर्वाञ्चलको राजधानी कायम भईराखेको ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्व बोकेको सुन्दर ठाउँ धनकुटालाई नै राजधानी बनाउन बिशेष पहल गर्नुभएको र यसको लागि जस्तोसुकै परिस्थितीको सामना गर्न तयार हुनु भएको र अन्तिम समय सम्म पनि आफु धनकुटाकै लागि लडिरहने कुरा मन्त्रीज्यूका स्वकीय सचिव श्री मदन घिमिरेले नेपालपत्रलाई बताउनु भयो ।

पूर्वाञ्चलको क्षेत्रीय सदरमुकाम रहेको र भौतिक पूर्वाधारले सम्पन्न धनकुटालाई प्रादेशिक राजधानी बनाउन पूर्वाधार, सामर्थ्य, सुरक्षा, सुन्दरताको खानी रहेको धनकुटालाई प्रदेशको राजधानी बनाउँदा अन्तर्राष्ट्रिय सीमाना र भौगोलिक समदूरीले पनि उपयुक्त रहेको धनकुटाबासीको तर्क रहि आएको छ ।

यसै क्रममा धनकुटाबाट राजधानीमा आएको सर्वपक्षीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउँदै प्रादेशिक राजधानी धनकुटालाई बनाउन माग गरेका छन् । प्रदेशको राजधानी पहिलोपटक धनकुटामा गर्न माग गर्दै धनकुटावासीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका थिए ।

भेटमा प्रधानमन्त्री देउवाले पूर्वाञ्चलको क्षेत्रीय सदरमुकाम रहेको र भौतिक पूर्वाधारले सम्पन्न धनकुटालाई प्रादेशिक राजधानी बनाउन आफू सकारात्मक रहेको बताएका थिए । समितिले बुधबारै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर धनकुटालाई प्रादेशिक राजधानी तोक्नका लागि सहयोग गर्न आग्रह गरेको थियो । भेटमा प्रचण्डले उक्त मागप्रति आफू सकारात्मक रहेको बताएका छन् ।

उता धनकुटामा २० दिनदेखि प्रादेशिक राजधानी माग गर्दै अनिश्चतकालिन वन्द तथा हड्ताल जारी राख्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !