१५ बैशाख २०८१, शनिबार

ओलीले सल्लाह गरेरै अलग-अलग हुन प्रस्ताव गरेको कुरा साँचो हो : प्रवक्ता श्रेष्ठ


नारायणकाजी श्रेष्ठ

कार्तिक १७, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई विभाजन हुनबाट रोक्न अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी ओलीसँग संवाद गर्नुपर्ने बताएका छन् । श्रेष्ठले पार्टीभित्र देखिएको मतभिन्नतालाई अन्त्य गरी एकतालाई कायम राख्न पनि अध्यक्ष दाहालले नै संवादका लागि पहल गर्नुपर्ने बताएका हुन् ।

अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहाललाई पार्टीका कुनै पनि कमिटीको बैठक नमान्ने बताउँदै सल्लाह गरेरै अलग-अलग हुन प्रस्ताव गरेको कुरा साँचो रहेको प्रवक्ता श्रेष्ठले बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !