२५ बैशाख २०८१, मंगलबार

सांसद नवराज सिलवाललाई तुरुन्त पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र


Nabaraj-silwal-Dig

१८ पुस, काठमाण्डौ । एमालेका सांसद तथा पूर्वडिआइजी नवराज सिलवाललाई तुरुन्त्र पक्राउ गरी उपस्थित गराउन काठमाण्डौ प्रहरी परिसरले ललितपुर प्रहरीलाई पत्र काटेको छ । ललितपुर गोदावरीमा घर रहेको पूर्वडिआइजी एवं साँसद सिलवालको काठमाडौं प्रहरी परिसरको स्रोत अनुसार चलानी नम्बर ३१५२ मा पत्र काटिएको जनाएको छ ।

कार्यसम्पादन मूल्यांकन किर्ते गरेको आरोपमा पत्र काटेको हो । त्यसैले सिलवालले उपत्यका छाडिसकेको स्रोतले बताएको छ । सिलवालले आफ्नो कार्यसम्पादन मूल्यांकन नम्बर धरै रहेको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए । प्रतिनिधिसभा निर्वाचनमा लालितपुर १ बाट निर्वाचित बनेका सिलवाल आफ्नो पक्षमा फैसला नआएपछि राजीनामा दिएर एमालेमा प्रवेश गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !