८ मंसिर २०८१, शनिबार

सांसदका साथै कर्मचारीहरूले पनि दसैं भत्ता कोरोना कोषमा राख्नुपर्छ : पूर्वप्रधानमन्त्री डा. भट्टराई


डा. बाबुराम भट्टराई

काठमाडौँ, कार्तिक ३ । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सांसदले मात्रै नभएर कर्मचारीले पनि दसैं भत्ता बापतको रकम फिर्ता गर्नुपर्ने धारणा राखेका छन् । दसैं भत्ताको विषयमा सांसदहरूको आलोचना भइरहेको बेला भट्टराईको उक्त अभिव्यक्ति आएको हो ।

आज सोमबार ट्विटरमा लेखेका छन्, ‘मिडियाले कुरीकुरी गरेपछि लोकरिझ्याँइका लागि एक्लाएक्लै दसैं भत्ता नलिने घोषणा गर्नु सट्टा नेता/सांसदहरूले सरकारलाई धर्मनिरपेक्ष देशमा यस्ता पर्वमुखी भत्ता प्रणालीलाई नै खारेज गर्न दबाब दिनुपर्ने हैन र ? सांसद मात्र हैन कर्मचारीले समेत एकमुष्ट १५ अर्ब रुपैयाँ कोरोना पीडितमा लगाए पो अर्थ होला ।’

सांसदहरूले दसैं भत्ताबापत प्राप्त गरेको करिब २ करोड रुपैयाँ कोरोना कोषमा राख्ने निर्णय गरेका छन् । सार्वजनिक रूपमा आलोचना भएपछि प्रमुख राजनीतिक पार्टीहरूले संसदीय दलमार्फत् निर्णय गरेर सांसदले दसैं भत्ताबापत प्राप्त गरेको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय लिएका हुन् । प्रधानमन्त्री तथा मन्त्रीहरूले पनि दसैं भत्ता कोरोना कोषमा राख्ने निर्णय लिएका छन् ।

यो पनि पढ्नुहोस्

नेकपाले पनि सबै सांसदको दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने

नेपाली कांग्रेसद्वारा सांसदको ४३ लाख २० हजार दसैं भत्ता फिर्ता गर्ने निर्णय

कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न नेपाली काँग्रेसको माग

का‍ंग्रेसका सबै सांसदलाई दशैं भत्ता फिर्ता गर्न सभापति देउवाकाे निर्देशन

कम्युनिष्ट सरकारको विपरित मति : बरिष्ट नेता पौडेल

सरकार स्वयं संक्रमित भएर आइसाेलेसनमा बसेको छ : गगन थापा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !