१९ बैशाख २०८१, बुधबार

बाबुराम र नारायणकाजीवीच शीतयुद्ध : भट्टराई भने, ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउँ’


बाबुराम र नारायणकाजी

काठमाडौँ, असोज २८ । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउँ’ भनी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जवाफ दिएका छन् । भट्टराईले सामाजिक संजाल ट्वीटरमा श्रेष्ठद्वारा जारी गरेको नेकपा प्रेस बक्तव्यलाई पनि राखेर भनेका छन्, ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउँ ।’

भट्टराईले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेर बूढीगण्डकी जलविद्युत् आयोजनामा ९ अर्ब रूपैयाँ घोटाला गरेको आरोप गृहजिल्ला गोरखा पुगेको बेला केही दिन लगाएका थिए । भट्टराईले सबै उच्च पदासिनहरूको सम्पत्ति छानविन गर्न माग गरेका थिए ।

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले ठूला पार्टीका अध्यक्षले गरेको भ्रष्टाचारबारे आफूले बोलेपछि ठूलो कम्पन आएको बताएका छन् । सोमबार पर्सामा आयोजित पार्टी प्रवेश तथा शुभकामना आदान-प्रदान कार्यक्रममा उनले अर्बौंको घोटाला भएको दावी दोहोर्‍याएका छन् ।

उनको यो अभिव्यक्तिपछि कांग्रेसले वक्तव्य प्रकाशित गरी भट्टराईलाई यसको प्रमाण देखाउन चुनौती दिई सकेको छ । साथै नेकपा अध्यक्षद्वयलाई आरोप लगाएर अभिव्यक्ति दिएको भन्दै त्यसको बिरुद्धमा श्रेष्ठले आज बुधबार प्रेस बक्तव्य जारी गरेका थिए ।

श्रेष्ठले विज्ञफ्तिमा उक्त अभिव्यक्ति दुरासयपूर्ण रहेको र भ्रमको खेती मात्र रहेको बताएका थिए । गरिमामय उच्च पद सम्हालिसकेका व्यक्तिबाट प्रचारित आपत्तिजनक र गैरजिम्मेवार अभिव्यक्तिका निम्ति क्षमा याचना गर्नुपर्ने श्रेष्ठको विज्ञप्तिमा थियो ।

ट्वीटरमा जवाफ दिँदै भट्टराईले बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिङ, यति, ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानविन गर्न प्रस्ताव गरेका छन् । उनले सो कार्यका लागि पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार रहेको बताएका छन् ।

यो पनि पढ्नुहोस्

भ्रष्टाचारबारे आफूले बाहिर बोलेपछि ठूलो कम्पन आएको छ : पूर्वप्रधानमन्त्री डा. भट्टराई

ओली, दाहाल र देउवाले ९ अर्ब खाए : पूर्वप्रधानमन्त्री डा. भट्टराई

ओलीको संगतले प्रचण्डलाई धुरुधुरु रुनु परेको छ : डा. बाबुराम भट्टराई


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !