७ मंसिर २०८१, शुक्रबार

नेकपा सचिवालय बैठक सकियो : १० दिनभित्र पार्टी एकता टुंग्याउने कार्ययोजना ल्याउन अध्यक्षद्वय र महासचिवलाई जिम्मेवारी


नेकपा सचिवालय बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सांगठनिक एकीकरणका बाँकी कामलाई पूरा गर्नका लागि १० दिनभित्र कार्ययोजना बनाउन अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डका साथै महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सो जिम्मेदवारी दिँदै कार्ययोजनाबारे फेरि सचिवालयमा छलफल गरेर निष्कर्षमा पुग्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

बैठकले संवैधानिक आयोगमा रिक्त रहेका पदपूर्तिका साथै राजनीतिक नियुक्ति पनि छिटो गरिसक्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ । दुई दिन अघि बैठकमा मन्त्रिपरिषदकाे पुनर्गठन गर्ने सम्बन्धमा बैठकमा आ-आफ्ना सुझावहरू प्रधानमन्त्री ओलीलाई दिइएकाे थापाले बताएका छन् ।

यो पनि पढ्नुहोस्

बालुवाटारमा नेकपा सचिवालय बैठक जारी, यस्ता छन् आजको बैठकका एजेण्डाहरु

बालुवाटारमा सचिवालय बैठक बस्नुअघि मन्त्रिपरिषद् बैठक

नेकपा सचिवालय बैठक आज बस्दै : मन्त्रिमण्डल पुनर्गठनबारे छलफल हुनसक्ने

पेरिसडाँडामा आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित, भोलि बालुवाटारमा बस्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !