४ बैशाख २०८१, मंगलबार

बालुवाटारमा नेकपा सचिवालय बैठक जारी, यस्ता छन् आजको बैठकका एजेण्डाहरु


सचिवालय बैठक

काठमाडौँ, असोज ६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको । सोमबार बस्‍ने भनिएको नेकपा सचिवालय बैठक गृहकार्य नपुगेको भन्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को भेटवार्तापछि सोमबार बस्ने भनिएको सचिवालय बैठक मंगलबारलाई सारिएको थियो ।

नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा हिजो बस्ने भनिएको सचिवालय बैठक बालुवाटारमा बस्ने गरी आज मंगलबारसम्मका लागि स्थगित गरिएको थियो । यसअघि पहिलो पटक आइतबार नेकपा सचिवालय बैठक पेरिसडाँडामा बसेको थियो ।

आजको बैठकमा मन्त्रिपरिषद् पुनगर्ठनसहित विभिन्न उजेन्डाहरुमा छलफल हुने नेकपा स्रोतले जनाएको छ । आइतबार पेरिसडाँडामा बसेको बैठकले मन्त्रिपरिषद् पुनर्गठनसहित चार एजेन्डामा छलफल गरेको थियो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार मंगलबारको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक र राजनीतिक नियुक्तिबारे सुझाव, सांगठनिक एकताको बाँकी प्रक्रिया लगायतका विषयमा छलफल हुँदैछ । बालुवाटारमा नेकपाको सचिवालय बैठक बस्नुअघि मन्त्रिपरिषद् बैठक बसेको थियो ।

यस्ता छन् आजको बैठकका एजेण्डाहरु

१. मन्त्रिपरिषद् पुनर्गठन
२. संवैधानिक तथा राजनीतिक नियुक्तिबारे सुझाव
३. सांगठनिक एकताका बाँकी काम
४. विविधमा विभिन्न एजेण्डाहरु समावेश

यो पनि पढ्नुहोस्

बालुवाटारमा सचिवालय बैठक बस्नुअघि मन्त्रिपरिषद् बैठक

नेकपा सचिवालय बैठक आज बस्दै : मन्त्रिमण्डल पुनर्गठनबारे छलफल हुनसक्ने

पेरिसडाँडामा आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित, भोलि बालुवाटारमा बस्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु