१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, कुलमानको पुन:र्नियुक्तिबारे छलफल हुने सम्भावना


प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्याह्न मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रस्तुत भएका कतिपय एजेण्डामा निर्णय गर्न १२ बजे मन्त्रिपरिषद बैठक बोलाइएको बताइएको छ । बैठक नियमित बैठक भएको र मन्त्रालयगत एजेण्डाहरुमा छलफल हुने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

बैठकमा यही असोज ३ गते संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूका लागि घोषणा गरिने विभूषणको नामावली टुंग्याउने तयारी छ । यस्तै विभिन्न मुलुकमा रिक्त राजदूत पदपूर्तिको विषय समेत टुंग्याउने तयारी भएको स्रोतले जनाएको छ ।

साथै बैठकमा नेपाल बिद्युत् प्राधिकरणमा नियुक्ति लगायतका विषयमा छलफल हुँदैछ । उर्जामन्त्री वर्षमान पुनले घिसिङलाई थप ४ वर्षका लागि नियुक्तिको सिफारिस गरिएको बताएका छन् । उनको सचिवालय बिहीबार बिज्ञप्ती निकाली यस सम्बन्धि प्रस्ताव प्रधानमन्त्री कार्यालयमा दर्ता भइसकेको जानकारी दिएको छ ।

भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई पुनः नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकमा नियुक्त गर्नेबारे प्रस्ताव गएपछि कानुनी प्रश्न उठाएले यसबारे परामर्श गर्न जरुरी रहेकाले सो दिन बसेको मन्त्रिपरिषद् बैठकले नियुक्ति गर्न सकेको थिएन ।

नेपाललाई लोडसेडिङमुक्त बनाउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबारबाट सकिएको छ । तर पनि सरकारले उनको स्थानमा नयाँ व्यक्ति नियुक्ति गरिसकेको छैन । सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पुनः घिसिङलाई नै दोहोर्याउनुपर्ने आवाज सामाजिक सञ्जालदेखि चारैतिर उठिरहेको छ ।

यो पनि पढ्नुहोस्

नेपाल विद्युत प्राधिकरणमा कुलमान दोहोरिने सम्भावना जिवितै छ – उर्जामन्त्रीको सचिवालय

कुलमान घिसिङलाई पुनःनियुक्ति माग गर्दै काठमाडौंको जोरपाटी र बालाजुमा प्रदर्शन

त्यो अँध्यारो युगलाई इतिहास बनाउँदै उज्यालो युग सुरुवात गर्न सफल भयो : कुलमान घिसिङ

कुलमान घिसिङ भन्छन्, ‘मैले काम मात्र गरेको हुँ’

विद्युत प्राधिकरणमा कुलमानलाई पुनःनियुक्ति गर्न नारायणकाजी र दीपकराजको माग

उर्जामन्त्री वर्षमान पुनले भने, ‘ढुक्क हुनुस् हामीले कुलमानको नै म्याद थप्छौं’

मन्त्रिपरिषद् बैठकले कुलमानको पुन:र्नियुक्तिबारे भएन निर्णय : प्रधानमन्त्रीले उठाए कानुनी प्रश्न


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !