१४ बैशाख २०८१, शुक्रबार

पार्टीमा कहिल्यै विवाद नगर्ने वाचा गर्दै ओली-प्रचण्डले दिए अन्तरपार्टी निर्देशन-५ (पूर्णपाठ)


नेकपा स्थायी कमिटी बैठक

काठमाडौँ, भदौ ३० । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अन्तरपार्टी निर्देशन-५ जारी गरेको छ । पार्टीको हालै सम्पन्न स्थायी कमिटीको पाँचौ बैठकपछि सो निर्देशन जारी गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कहिल्यै विवादमा नफर्कने वाचा गरेका छन् । स्थायी कमिटी बैठकको निर्णय जारी गर्दै अध्यक्षद्वय ओली-प्रचण्डले स्थायी कमिटीको पाँचौं बैठकलाई समाधानको विन्दु मानेर कहिल्यै विवाद नगर्ने अठोट गरेका हुन् ।

स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय ‘प्रचण्ड’ र ओलीबाट प्रस्तुत प्रस्तावका सम्बन्धमा गम्भिरतापूर्वक छलफल भएको थियो । बैठकले उक्त प्रस्ताव आवश्यक सुझावसहित सर्बसम्मतिका साथ पारित गर्ने निर्णय गरेको छ । स्थायी कमिटीको सोही निर्णयका आधारमा यो अन्तरपार्टी निर्देशन-५ जारी गरिएको छ ।

अध्यक्षद्वयले नेताहरूलाई सार्वजनिक रूपमा गरिने तथ्यहीन र अमर्यादित आरोप-प्रत्यारोप बन्द गर्न निर्देशन दिएका छन् । आफ्नो मत वा असहमति कमिटी प्रणाली अन्तर्गत मर्यादित रूपमा राख्न र गुटबन्दीपूर्ण क्रियाकलाप नगर्न परिपत्र गरेका छन् ।

साथै गुटगत गतिविधिलाई संरक्षण, प्रश्रय र प्रोत्साहन दिए, अनेकता, अराजकता, अनुशासनहीनता र गुटबन्दीपूर्ण कार्य गरे अनुशासनात्मक कारबाहीको विषय बनाउने र पार्टी विधान बमोजिम कारवाही गर्ने निर्देशनमा उल्लेख छ ।

यस्तो छ अन्तरपार्टी निर्देशन-५ (पूर्णपाठ)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !