१४ बैशाख २०८१, शुक्रबार

काठमाडौँ ७ मा रामवीर मानन्धर विजयी


भ्रष्टाचारको संरक्षण गर्ने प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ-सांसद रामवीर मानन्धर रामवीर मानन्धर

२३ मंसीर, काठमाडौँ । काठमाडौँ क्षेत्र नं. ७ मा वाम गठबन्धनका उम्मेद्वार तथा नेकपा एमालेका नेता रामवीर मानन्धर विजयी भएका छन् । मानन्धरले १८१०२  मत पाए भने विक्रमबहादुर थापाले १००७९  मत पाएका छन् । उनले ८०२३ मतको अन्तरले लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार, राप्रपाका नेता तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापालाई पराजित गरेका हुन् ।

मानन्धरले यस अगाडी २०७० सालमा सम्पन्न दास्रो संविधानसभा निर्वाचनमा तत्कालिन माओवादीकी नेत्री हिसिला यमीलाई पराजित गरेका थिए। रामवीर मानन्धर पार्टीमा स्वाभिमानी, निडर, प्रष्ठबक्ता र राम्रो सम्भावना बोकेको नेता हुनुहुन्छ ।

पछिल्लो समयमा नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा भएको अनियमितताको बिषयमा खुलेर आफ्नो आवाज बाहिर ल्याएर चर्चामा थिए । यो सरकार भ्रष्टाचारीहरुको अड्डा भएको र नेपाल आयल निगमको जग्गा खरीद प्रकरणमा भएको अनियमितताको बारेमा क्याबिनेटवाट कारवाही नभएमा भ्रष्टाचारको संरक्षण गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बुलन्द आवाज उठाउदै आएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !