१४ बैशाख २०८१, शुक्रबार

काठमाडौँ ६ मा भीमसेनदास प्रधान विजयी


७० वर्ष उमेर कटेका नेतालाई निर्वाचनमा टिकट दिन नहुने - रक्षामन्त्री प्रधान भीमसेनदास प्रधान

२३ मंसीर, काठमाडौँ । काठमाडौँ नं. ६ मा नेपाली काँग्रेसका उम्मेदवार तथा रक्षामन्त्री भीमसेनदास प्रधान विजयी भएका छन् । प्रधानले १६७८५ मत पाए भने झक्कुले १५४८५ मत पाएका छन् । उनले १३०० मतको अन्तरले वाम गठबन्धनका उम्मेद्वार झक्कुप्रसाद सुवेदीलाई पराजित गरेका हुन् ।

प्रधान यस अगाडी २०७० सालमा सम्पन्न दास्रो संविधानसभा निर्वाचनमा एमालेका उम्मेदवार योगेश भट्टराईलाई पराजित गरेका थिए। झक्कुप्रसाद सुवेदीले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमालेका तत्कालिन महासचिव माधवकुमार नेपाललाई पराजित गरेका थिए । यससँगै काठमाडौंका १० मध्ये ४ सिटमा नेपाली कांग्रेस विजयी भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !