२१ बैशाख २०८१, शुक्रबार

नेकपा स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने तय


नेकपा स्थायी समिति बैठक फाइल फोटो

काठमाडौँ, भदौ २२ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक भदौ २६ गते बस्ने तय भएको छ । साउन १३ गतेदेखि स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

सोमबार बिहान बालुवाटारमा भएको पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा महासचिव विष्णु पौडेलबीच भएको छलफलमा बैठक बोलाउने सहमति गरिएको पनि थापाले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !