२४ बैशाख २०८१, सोमबार

बाबुराम भट्टराईमाथि खनिए सूर्य थापा, ओलीविरुद्ध नलेख्न चेतावनी


डा. बाबुराम भट्टराई र सूर्य थापा

काठमाडौं, भदौ २२ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईकाे लज्जास्पद टिप्पणीले पदकाे गरिमा र सम्मानकाे आफैले खिल्ली उडाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताएका छन् । आज आफ्नो सामाजिक संजाल फेसबुक एउटा स्टाटस् लेख्दै थापाले ओलीविरुद्ध नलेख्न भट्टराईलाई चेतावनी समेत दिएका छन् ।

भट्टराईले अर्थमन्त्री डा. युवराज खतिवडाको बहिर्गमनका सम्बन्धमा गरेको ४० शब्दको टिप्पणीविरुद्ध थापाले ३८१ शब्दमा भट्टराईमाथि चेतावनी मात्र दिएका छैनन्, भट्टराई पत्नी हिसिला यमीमाथि गम्भीर आरोप समेत लगाएका छन् ।

भदौ १९ गते पूर्व प्रधानमन्त्री भट्टराईले खतिवडा बहिर्गमनका सम्बन्धमा यस्तो लेखेका थिए ट्वीटरमा

भट्टराईको यस्तो टिप्पणीप्रति थापाले यस्तो टिप्पणी गरेका छन्

पूर्व प्रधानमन्त्रीको एक लज्जास्पद टिप्पणी !
सामाजिक मर्यादा र शिष्टता पोलेर खाएपछि सायद यस्तै हुन्छ कि ?डा. बाबुराम भट्टराई देशको प्रधानमन्त्री भइसकेको सम्मानित व्यक्ति हो कि गाली शिरोमणि ? यस ट्वीटमा प्रयोग गरेका केही भाषा, गालीगलोज र सन्तुलन गुमाएकोजस्तो अभिव्यक्तिबाट के बुझ्ने ? के सिक्ने ? के अनुशरण गर्ने ?
विगत तीन बर्षसम्म अर्थमन्त्री हुँदा डा. युवराज खतिवडाका राम्रा कामको पक्षपोषण महाशयले कहिले गर्नुभएको थियो र अहिले उहाँ त्यस जिम्मेवारीबाट विदाई हुँदा गोहीका आँसु झारेजस्तो गर्नु र रूवाबासीको नक्कली नाटक प्रदर्शन गर्नु ?
अरूको सम्मान नगर्नेले लोकबाट कसरी सम्मान र मर्यादा पाउँछ ? कसरी त्यसको अपेक्षा गर्नु ?
प्रधानमन्त्री केपी शर्मा ओलीसँग आँखा जुधाएर तपाईं सामुन्नेमा उभिएर यसो भन्न सक्नुहन्छ ?– “ओलीको निरंकुश,भ्रष्ट र गफाष्टक नेतृत्व… !“
केपी शर्मा ओली निरंकुश राजतन्त्रविरूद्द गोलघर, जेल र सेलमा १४ बर्ष जेल बसिरहँदा तपाईं “फण्डिङ पीएचडी गर्दै हुनुहुन्थ्यो, अहिले त्यही फण्डिङको ऋण चुक्ता गर्दै हुनुहन्छ कि नुनको सोझो मात्रै ?
जबकि “विप्पा संझौता गरेर जुवा खेलें“ भन्ने तपाईको आफ्नै कार्यशैली संझिनुस त ! कस्तो थियो, प्रधानमन्त्री हुँदा– जुवाडे भन्न अरूले पर्छ र ?

जबकि न्यूयोर्क टाइम्सले २०७० सालमा “एसियाकै भ्रष्ट महिला“ भनेर विशेष खोज रिपोर्ट प्रकाशित गरेको समेत बिर्सनु भयो ? उहाँसँग तपाईंको के सम्बन्ध पर्छ ?
जबकि तपाईं र तपाईंकी श्रीमतीको सत्तामा हालीमुहाली चल्दा नातावाद, कृपावाद र फरियावादले “माओवाद“ लाई पनि धरधरी रूवाएको होइन र ?
तपाईंको स्तरमा गिरेर लेख्न त मलाई मन छैन, तर तपाईंको तन यहाँ, मन कहाँ छ आजभोलि ? यस्तो बेचैन र असन्तुलितचाहिँ किन बनिरहनु भएको हो ?
तपाईंहरूको तह र हैसियतमा दल, विचार र दृष्टिकोण नमिल्न सक्छन्, त्यसो हुँदैमा तपाईं यसरी मास्क मात्र लगाई अरू लुगाचाहिं लगाउनै बिर्सेर सामाजिक संजालमा निर्वस्त्र हुन सुहाउँछ त ?
तपाईंका आफ्नै निम्न केही शब्द फेरि एक पटक पढ्नुस त, कुन बिषालु नशा वा कसको रिमोट संचालन र सनकमा यतिसम्म लेख्न सक्नुभएको हो ?
“डा. खतिवडाको विदाइमा आँसु चुहाउने ठाउँ छैन।२र३निकट बहुमतको आडमा अर्थतन्त्रलाई गुणात्मक फड्को लगाउने अवसर उनले कनिका छरेरै विताए । विज्ञको रूपमा पाएको शंकाको लाभ पूरै खेर फाले ।ओलीको निरंकुश,भ्रष्ट र गफाष्टक नेतृत्वमा यत्तिको अर्को अर्थमन्त्री आउने सम्भावना पनि छैन! न रुनु न हाँस्नु !“
तपाईं रून र हाँस्न केही गर्नु पर्दैन, बरू यस्तो लेखेर दुनियाँ हँसाउनचाहिँ छाड्नुस ।
बहिदार बन्न सजिलो छ, बही बुझाउन गा(हो भनेको संभवतः तपाईंको जस्तै हविगत हुँदा भनिएको होला !
पूर्व प्रधानमन्त्री पदको गरिमा र सम्मानको यसरी आफैले खिल्ली उडाएको त जगहँसाइ नै भयो, महोदय !!!!!


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !