१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनु पर्दैन : अध्यक्ष प्रचण्ड


भुषण दाहालसँग प्रचण्ड

काठमाडौँ, भदौ ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदबाट राजीनामा दिनु नपर्ने बताएका छन् । एपीवान टेलिभिजनको कार्यक्रम the bRAVO dELTA show मा पत्रकार भुषण दाहालसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् ।

दाहालले कार्यक्रमको पहिलो श्रीङ्खलामा प्रधानमन्त्री केपी ओलीसँगको विशेष अन्तरवार्ता गरेका दोस्रो कार्यक्रममा प्रचण्डसँग विशेष कुराकानी गरेका छन् । साथै अध्यक्ष प्रचण्डले पार्टीको अबको ध्यान महाधिवेशनतर्फ केन्द्रित हुने पनि बताएका छन् ।

उनले पार्टीमा विवाद पदका लागि नभएको भन्दै पदकै लागि भएको भए पार्टी एकता र निर्वाचन बेला गठबन्धन समेत हुन नसक्ने बताएका छन् । विवाद समाधानका लागि गठित कार्यदलले स्थायी कमिटीमा उठेका विषयमा छलफल गरेर समाधानका लागि प्रस्ताव तयार पार्ने समेत उनको भनाइ छ ।

कोरोना महामारीका कारण तत्कालै केन्द्रीय समिति बैठक बस्न सम्भव नरहेको पनि उनले बताए । मन्त्रिमण्डल पुनर्गठन, प्रदेश सरकारको हेरफेर, संवैधानिक निकायहरूमा नियुक्ति लगायत विषयमा सचिवालयमा छलफल गरेर अगाडि बढ्ने उनको भनाइ छ ।

प्रचण्डले पार्टीभित्रको विवाद साता दिनभित्र नयाँ निष्कर्षसहित अगाडि बढ्ने दावी समेत गरेका छन् । उनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा पनि समझदारी बन्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !