२६ बैशाख २०८१, बुधबार

राष्ट्रिय जनता पार्टीका राजेन्द्र महतोको घरनजिकै बम विस्फोट


rajendra-mahato

९ मंसिर, काठमाडौँ । जनकपुरमा राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधि सभाका लागि उम्मेदवार राजेन्द्र महतोको घर नजिकै शनिबार राति बम विस्फोट भएको छ।

जनकपुरको बाह्रबिघास्थित महतोको घर नजिकै विस्फोट भए पनि क्षति भने नभएको स्थानीय पत्रकार किशोर साहले बताए।

जनकपुरधाममा बम विष्फोट भएको जानकारी प्राप्त भएको र प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक प्रविण धितालले बताए।

धनुषामा दोस्रो चरणमा मंसिर २१ गते मतदान हुँदैछ।

पहिलोपोस्ट बाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !