२४ बैशाख २०८१, सोमबार

प्रकाश दाहालको निधन


काठमाडौँ, ३ मङि्सर २०७४ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन भएको छ। गएराति आफ्नै निवास लाजिम्पाटमा अचेत भएर ढलेका उनलाई बिहान साढे ५ बजे नर्भिक अस्पताल भर्ना गरिएको थियो। ५:३० मा अस्पताल पुर्‍याउँदा मुटु बन्द भएको ४-५ घन्टा भइसकेको थियो।

यसको कारण हृदयघात वा अन्यकारण पनि हुनसक्छ,’ संलग्न डाक्टर  भने। गम्भीर बिरामी परेका दाहाललाई उपचारमा संलग्न डाक्टरहरूको टोलीले मृत घोषित गरेको हो। यद्यपी उनका बुबा चुनावी प्रचार प्रसारका क्रममा झापामा रहेकाले उनी आएपछि मात्रै हस्पिटलले डिक्लियर गर्ने नर्भिक अस्पतालका प्रेस संयोजक आर पी मैनालीले जानकारी दिए। बिहान साढे ५ बजे प्रकाशलाई नर्भिक अस्पताल पुर्याइए पनि डाक्टरहरुले तत्काल मृत घोषणा गरेका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !