१४ बैशाख २०८१, शुक्रबार

प्रचण्डलाई भीम रावलले भने, “तपाईंहरू पदको लागि झगडा गर्ने अनि हाम्रा टाउका गन्ने ?”


भीम रावल

काठमाडौं, साउन १३ । पार्टीभित्रको आन्तरिक विवादका कारण दुर्घटनाको संघारमा पुगेको बेला सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को लामो समयदेखि स्थगित हुँदै आएको स्थायी कमिटी बैठक बालुवाटारमा जारी रहेको छ । अध्यक्ष ओलीको अनुपस्थितिमै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक सुरु गरेका हुन् ।

नेकपाको विवादका कारण पछिल्लो समय दवाव थेग्न नसक्ने अवस्थामा पुगेपछि शिर्ष नेताहरु नै अध्यक्षहरुसँग चिढिन थालेका छन् । आज मंगलबार बालुवाटारमा भएको स्थायी कमिटी बैठकमा सदस्य भिम रावलले प्रचण्डलाई तपाईंहरू पदको लागि झगडा गर्ने अनि हाम्रा टाउका गन्ने ? भनेर कडा प्रश्न गरेका छन् ।

उनले शिर्ष नेताहरु पदको लडाई गर्ने आफुहरुको टाउको गन्ने काम भएको भन्दै आक्रोश पोखेका हुन् । बैठकमा उनले भने, ‘प्रधानमन्त्री ओलीसँग तपाईंहरुको हुने पदको झगडामा म सामेल छैन र हुनेपनि छैन, तपाईंहरू पदको झगडा गर्ने अनि हाम्रा टाउका गन्ने काम हुनु भएन ।’ बैठकमा क्रम नपुगेपछि उपस्थित सदस्यहरुको संख्या गरिएको थियो भन्ने गोप्य स्रोतले जानकारी दिएको छ ।

नेता रावलले पार्टीलाई एकतावद्ध राख्न वामदेव गौतमले ल्याएको प्रस्ताव राम्रो रहेको भन्दै समर्थन समेत जनाए । गौतमले ५ वर्ष ओलीलाई प्रधानमन्त्री र एकता महाधिवेशनसम्म प्रचण्डलाई कार्यकारी अध्यक्ष दिने प्रस्ताव ल्याएक छन् ।

नेता रावलले पदका लागि यो झगडाले मुख देखाउन लायक नभएको भन्दै नेताहरुले ओलीसँग पदको विभाजन गर्ने मात्रै सोचेकोमा आक्रोश पोख्नुभयो । छलफल चलिरहेपनि बामदेव गौतम, घनश्याम भुषाल र भीम रावल आफ्नो भनाई राखेर बाहिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !