२४ बैशाख २०८१, सोमबार

विप्लवको निशानामा माओवादी नेताहरु, चुनाव खारेजीको माग


biplop

कात्तिक २६, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन नजिकिँदै गर्दा बम आतंक मच्चाएको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा विप्लव नेतृत्वको पार्टीले जनयुद्धका क्रममा संगै रहेको पार्टी र हाल माओवादी केन्दका नेताहरुलाई निशाना बनाएको छ ।
शनिबार रोल्पाको माडी गाउँपालिका १ भिट्टाबाङमा माओवादी नेचा बर्षमान पुन चढेको गाडीमा माइन विस्फोट भएको थियो । शुक्रबार रुकुममा जनार्दन शर्मालाई लक्षित गरेर बम प्रहार भएको थियो ।
पार्टीले रुकुममा शर्मा र रोल्पामा पुनमाथि आक्रमण गर्न खोजेको हो भन्ने जिज्ञाशामा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले भने, हाम्रो पार्टीको नीति चुनाव खारेज हो । त्यसका लागि जनप्रतिरोध अभियान चलाइरहेका र
आक्रमणको विषयमा हामीले बुझिरहेका छौं ।’-नेपाल समाचारपत्र दैनिकबाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !