२४ बैशाख २०८१, सोमबार

प्रजातान्त्रिक शासन व्यवस्थाविरुद्ध चुनौति दिनेहरुसँग डटेर मुकाबिला गछौं: नेता सिंह


prakashman

कात्तिक २४, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले बहुदलीय प्रजातान्त्रिक शासन व्यवस्थाविरुद्ध चुनौति दिनेहरुसँग डटेर मुकाबिला गर्ने बताएका छन् ।

सर्वोच्च नेता गणेशमान सिंहको १०३ औं जन्मजयन्तीका अवसरमा शोभा भगवतीमा आयोजित कार्यक्रममा उनले कम्युनिष्टहरुलाई साथमा लिएर बहुदल ल्याउन सर्वोच्च कमाण्डर गणेशमान सिंह र मंगलादेवी सिंहले खेलेको भूमिकाको स्मरण गरे । उनले शोभा भगवतीमा रहेको गणेशमान सिंहको शालिकमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली पनि अर्पण गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !