२० बैशाख २०८१, बिहिबार

समाजवादको यात्रा पूरा गर्न वामपन्थी दलहरुबीच एकीकरण आवश्यकः महरा


krishna-bahadur-mahara-in-dang

कात्तिक २२, दाङ । नेकपा माओवादी केन्द्रका महासचिव कृष्णबहादुर महराले वामपन्थी दलहरुबीचको एकता मुलुकको हितका लागि भएको बताएका छन् । प्रेस सेन्टर र प्रेस चौतारीले आज दाङमा गरेको पत्रकार सम्मेलनमा महासचिव महराले समाजवादको यात्रा पूरा गर्न वामपन्थी दलहरुबीच एकीकरण आवश्यक रहेको बताएका हुन् ।
उनले आसन्न निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने र त्यसले मुलुकमा राजनीतिक स्थायित्व कायम हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोख्रलले नेपालमा बलियो कम्युनिस्ट पार्टी बनाउने दिशामा आफूहरु अघि बढेकाले यसलाई साकार पार्न पनि आगामी निर्वाचनमा वामपन्थी गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताए । चुनावपछि मुलुकमा समृद्धिको अभियान थालिने उनको भनाइ थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !