१४ बैशाख २०८१, शुक्रबार

शैलेश थापा बने नेपालको २८ औ प्रहरी महानिरीक्षक


शैलेश थापा

काठमाडौँ, असार २३। नेपाल प्रहरीका एआइजी शैलेश थापा नेपालको २८ औ प्रहरी महानिरीक्षक नियुक्त भएका छन् । गृह मन्त्रालयले नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा एआईजी शैलेश थापा क्षेत्रीलाई सिफारिस गरेको थियो । आज बेलुकी बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा थापालाई नियुक्त गरेको हो ।

आज बसेको गृहमन्त्री स्तरीय बैठकले नेपाल प्रहरीमा वरिष्ठतम एआइजी थापालाई आइजीपीका लागि सिफारिस गरेको थियो । गृह मन्त्रालय स्रोतका अनुसार, वरिष्ठताका आधारमा थापालाई आइजीपीका लागि सिफारिस गरिएको थियो । संगठनको नीति निर्माण तहमा धेरै समय बसेर काम गरेका थापा शालिन व्यक्तित्वका रुपमा चिनिन्छन् ।

उनले अब २०७९ साल वैशाख १९ गतेसम्म २२ महिनासम्म संगठनको नेतृत्व सम्हाल्ने छन् । शैलेश थापा क्षेत्रीले २०४९ साल वैशाख १९ गते प्रहरी निरीक्षक सेवामा प्रवेश गरेका थिए । उनले कास्की, झापा लगायतका जिल्लामा कमाण्ड सम्हालेका थिए ।

क्षेत्री प्रहरी तालिम केन्द्र र हेडक्वाटरमा लामो समय बसेर संगठनलाई कसरी सुधार गर्न सकिन्छ भनेर रणनीति बनाउने अधिकारीहरूमध्ये एकमा पर्दछन् । अहिलेका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको ३० वर्षे सेवा अवधि सकिएपछि बुधबार अवकाश पाउँदैछन् । क्षेत्रीले बिहीबारदेखि संगठन सम्हाल्नेछन् ।

आइजीपीका अर्का प्रतिस्पर्धी एआइजी हरिबहादुर पाल पनि प्रधानमन्त्री ओली निकट मानिन्थे । उनलाई आइजीपी बनाउनका लागि नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि सिफारिस गरेको बुझिएको थियो । गृह मन्त्रालयले सिफारिस गरेपनि प्रधानमन्त्रीले नचाहेमा सिफारिस फेरिने गरेको विगतमा पनि थियो ।

यो पनि पढ्नुहोस्

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, नयाँ आइजिपी नियुक्त गर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु