८ बैशाख २०८१, शनिबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, नयाँ आइजिपी नियुक्त गर्ने


बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, नयाँ आइजिपी नियुक्त गर्ने

काठमाडौँ, असार २३। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । अहिले बसिरहेको बैठकले प्रहरी महानिरीक्षक नियुक्त गर्ने सम्भावना रहेको बालुवाटार स्रोतले बताएको छ ।

अहिलेका आइजिपी ठाकुर ज्ञवाली भोलि बुधबारबाट अवकास पाउँदैछन् । उनी ३० वर्षे सेवा अवधिका कारणले नियमित अवकासमा बस्न लागेका हुन् । सरकारले एआइजीहरू मध्येबाट नयाँ आइजिपी नियुक्त गर्दैछ ।

एआइजीद्वय शैलेश थापा क्षेत्री र हरिबहादुर पालमध्ये एक जना आइजिपी हुनेछन् । उनीहरूमध्ये जो आइजिपी भएपनि २२ महिना सेवा गर्नेछन् । अहिलेका आइजिपी ज्ञवाली ५ महिना मात्रै उक्त पदमा रहे । उनी गत माघमा आइजिपी भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !