१४ बैशाख २०८१, शुक्रबार

बालुवाटारमा ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै, आइजिपी नियुक्त गर्न सक्ने


बालुवाटारमा बोलाइएको बैठक

काठमाडौँ, असार २३। प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । उक्त बैठकले प्रहरी महानिरीक्षक नियुक्त गर्ने सम्भावना रहेको बालुवाटार स्रोतले बताएको छ ।

अहिलेका आइजिपी ठाकुर ज्ञवाली भोलि बुधबारबाट अवकास पाउँदैछन् । उनी ३० वर्षे सेवा अवधिका कारणले नियमित अवकासमा बस्न लागेका हुन् । सरकारले एआइजीहरू मध्येबाट नयाँ आइजिपी नियुक्त गर्दैछ ।

एआइजीद्वय शैलेश थापा क्षेत्री र हरिबहादुर पालमध्ये एक जना आइजिपी हुनेछन् । उनीहरूमध्ये जो आइजिपी भएपनि २२ महिना सेवा गर्नेछन् । अहिलेका आइजिपी ज्ञवाली ५ महिना मात्रै उक्त पदमा रहे । उनी गत माघमा आइजिपी भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !