२६ बैशाख २०८१, बुधबार

ओली-प्रचण्ड निर्णायक छलफल सकियो : सहमतिका आधारहरु खोज्ने सहमति


केपी शर्मा ओली/ प्रचण्ड

काठमाडौँ , असार २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा ओली बीचको निर्णायक छलफल सकिएको छ । नेकपाका अध्यक्षद्वय ओली र  प्रचण्डबीच लगभग २ घण्टा छलफल भएको छ ।

गोप्य स्रोतका अनुसार नेकपा अध्यक्षद्वय ओली र प्रचण्डवीच पार्टी एकतालाई बचाउँदै सहमतिका आधारहरु खोज्ने सहमति भएको छ । सोमबार बिहान स्थायी कमिटीको बैठक बस्नुअघि दुई अध्यक्षवीच पुनः छलफल गर्ने सहमति भएको छ ।

१२ बजे बालुवाटार प्रवेश गरेका दाहाल ओलीसँगको छलफलपछि १ बजेर ५० मिनेटमा बालुवाटारबाट बाहिरिएका छन् । आज दुई अध्यक्षहरूबीच बसेको बैठकमा ओलीको तर्फबाट नेताहरु विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा पनि सहभागी थिए ।

बैठक पुनः भोलि सोमबार बस्ने गरी सकिएको छ । वार्तामा सहभागी एक नेताका अनुसार सवै विषयमा छलफल भएपनि कुनै निर्णय नभएको हो । उनका अनुसार उठेका सबै विषयमा छलफल भयो । तर कुनै ठोस निर्णय भएन । भोलि बसेर थप छलफल गर्ने सहमति बनेको । सोमबार स्थायी समिति बैठक पनि बस्दैछ । ११ बजे बस्ने स्थायी समिति अघि ६ नेताहरुबीच पुनः बैठक बस्नेछ ।

प्रधानमन्त्रीसँगको छलफल सहमति जुटाउने विषयमा केन्द्रित थियो । रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाले बैठकमा सहजीकरण गरेका थिए । ओलीलाई भेट्नुअघि दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा भेटेर पार्टी फुटाउने किसिमले कुनै पनि अध्यादेश नल्याउन सचेत गराएका थिए।

नेकपाको स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीलाई राजीनामा दिन दबाब छ । पार्टी राजीनामाको चर्को दबाब आउन थालेपछि प्रधानमन्त्री ओली समस्यामा रहेका ओली राष्ट्रपतिसँग तीव्र परामर्शमा छन् ।

प्रचण्ड बाहिरएपनि अन्य नेता भने छलफलमा नै छन् । छलफलमा के भन्ने खुलाइएको छैन् । शुक्रवार पनि अध्यक्षद्वयबीच तीन घण्टा लामो छलफल भएको थिए । छलफलले आन्तरिक समस्या समाधान गर्न सकेन् । आज बालुवाटार पुग्नुअघि प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले राष्ट्रपतिसँग भेट गरेका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !