१४ बैशाख २०८१, शुक्रबार

धनकुटामा मन्त्री सुनिल थापा र गठबन्धनका राजेन्द्र राईको एजेन्डा उस्तै, टक्कर कडा


कात्तिक २०, धनकुटा । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि मनोनयन दर्ता भएसँगै धनकुटामा चुनावी सरगर्मी बढेको छ । दलका नेता, कार्यकर्ता र उम्मेदवारहरु धनकुटालाई प्रदेशको राजधानीसँगै विकास, समृद्धि, सुशासनका मुद्दा लिएर आ–आफ्नो पक्षमा जनमत सिर्जना गर्न लागि परेका छन् । मतदाताहरु भने योग्य र सक्षम उम्मेद्वारको खोजीमा लागेका छन् ।
मंसिर २१ को प्रतिनिधि र प्रदेश सभा निर्बाचनको लागि धनकुटामा ११ दलवाट २१ उमेदवारले मनोनयन दर्ता गराएका छन् । प्रतिनिधि सभा अन्र्तगत एक र प्रदेश सभा अन्तर्गत दुई निर्बाचन क्षेत्र रहेको धनकुटामा प्रतिनिधि सभामा सात दलले मनोनयन दर्ता गराएका छन् ।
धनकुटामा बाम गठबन्धनका तर्फवाट राजेन्द्र राई र लोकतान्त्रिक गठबन्धनको तर्फवाट राप्रपा प्रजातान्त्रिकका महामन्त्री तथा उद्योग मन्त्री सुनिल बहादुर थापा छन् ।
त्यस्तै मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ति पार्टी, एकीकृत राप्रपा राष्ट्रवादी, नेमकीपा, संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्च धनकुटाबाट प्रतिनिधि सभाको लागि मैदानमा उत्रिएका छन् । बाम गठबन्धनको तर्फवाट मैनादमा उत्रिएका एमाले उम्मेद्वार राजेन्द्र राई पूर्वाधार ब्यबस्थापन, उन्नत कृषि, कृषिमा आधारित उद्योगको विकास, रोजगारी, सुलभ र गुणस्तरिय शिक्षा तथा स्वाथ्योपचार साथै धनकुटालाई प्रदेश नम्वर एकको राजधानी बनाउने आफ्ना मुख्य एजेण्डा रहेको रहेको बताउँछन् ।
यता लोकतान्त्रिक गठबन्धनमा आबद्ध राप्रपा प्रजातान्त्रिकका उमेद्वार सुनिल थापा अघिल्लो निर्बाचनमा आफुले गरेका बाचा पुरा गरेको र अवको आफ्नो उमेद्वारी धनकुटालाई प्रादेशिक राजधानी बनाउनेदेखि समृद्ध धनकुटाको लागि भएको बताउँछन् । धनकुटेली जनता भने अब जित्ने उमेद्वारले विकास, रोजगार, शिक्षा, स्वास्थ्यका साथै धनकुटाको बिकासको लागि लाग्ने पर्ने बताउँछन् ।

मुखैमा आएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनबाट चुनिने जनप्रतिनिधि मार्फत धनकुटाको विकासले गतिलिने आसा स्थानीयको छ । त्यसैले त दल विशेषबाट प्रभावित नभइ विकास र समृद्धिका योजना सबै माझ पस्कन सक्ने प्रतिनिधि सभाको लागि एक र प्रदेश सभाको लागि २ गरी कुल तीन सक्षम ब्यक्ति छान्न १ लाख ५ हजार १ सय ८८ धनकुटेलि मतदाता प्रतिक्षारत छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !