१४ बैशाख २०८१, शुक्रबार

पार्टी फुट्दैन, फुटाउन दिइँदैन : नेता शर्मा


Janardan Sharma

काठमाडौँ, असार २० । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री जनार्दन शर्माले पार्टी फुट्न नदिइने बताएका छन् । आज शनिबारका लागि बोलाइएको स्थायी समिति बैठक स्थगित भएपछि शर्माले फेसबुक पेजमार्फत् धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘म दृढतापूर्वक भन्न चाहन्छु – पार्टी फुट्दैन, फुटाउन दिइँदैन।’

उनले नेकपाभित्र देखिएको विवाद कम्युनिष्ट आन्दोलनको समस्याको रूपमा देखिएको पनि बताएका छन् । उनले पार्टीलाई एकतावद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेता, कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको बताएका हुन्। उनले पार्टीलाई विचार, विधि र पद्धतिबाट विचलित गरी व्यक्तिका स्वार्थपूर्तिको हतियार बन्न दिन नहुने बताए ।

यस्तो छ उनको भनाई जस्ताको त्यस्तै

नेकपा भित्रको विवादलाई सिमित नेताहरूको समस्याको रुपमा मात्र नहेरौ यो हाम्रो राष्ट्र,देश र कम्युनिस्ट आन्दोलनको समस्याको रुपमा देखिएको छ । दुई नेताले के गर्लान भनेर अब हेरेर बस्नु हुँदैन । पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका हामी आम नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको छ । म दृढता पुर्वक भन्न चाहन्छु पार्टी फुट्दैन फुटाउन दिइदैन । पार्टीलाई विचार,बिधि र पद्धतिबाट बिचलित गरी व्यक्तिका आआफ्ना स्वार्थ पुर्तिको हतियार बन्न दिनु हुँदैन। तसर्थ एकता गर्दा गरिएका सहमति,आम जनता र कार्यकर्ताको सुझावको आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरी रुपान्तरण सहित नेतृत्व गर्न नेताहरूलाई आग्रह गर्दछौं । कार्यकर्ता र जनताको आग्रह अस्विकार गर्ने अधिकार कुनै नेता विशेषलाई प्राप्त छैन भन्ने कुरा स्मरण गराउन चाहन्छु । एकताको एक अभियान्ताको नाताले सबै नेता कार्याकर्तालाई पार्टी एकताको पक्षमा योग्दान गर्न अपिल गर्दछु ।।

“रुपान्तरण सहितको एकता आजको आवश्यकता “


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !