१४ बैशाख २०८१, शुक्रबार

भक्तपुरमा पनि प्रधानमन्त्री ओलीका समर्थकहरुले गरे भव्य प्रदर्शन


भव्य प्रदर्शन

भक्तपुर, असार १९ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा कुर्सीको लडाई चरम उत्कर्षमा पुगेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा भक्तपुरमा ओलीका समर्थकहरुले प्रदर्शन गरेका छन् ।

नेकपाको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष गरी दुवै पदबाट राजिनामा गराउन दवाव दिएसँगै देशभर ओलीका समर्थकहरु आक्रामक रुपमा प्रधानमन्त्री ओलीको समर्थमा स्वतफूर्त रुपमा सडकमा होमिएका छन् । हिजोदेखि सुरु भएको प्रधानमन्त्री ओली समर्थकले आज देशभर प्रदर्शन गरेका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेब गौतम सहितका नेताहरुले प्रधानमन्त्री ओलीको राजिनामा मागेकोमा त्यसको विरुद्धमा कडा रुपमा प्रस्तुत भएका छन् ।

प्रदर्शनका क्रममा नागरिकले नेपालमा बसेर भारतीय दलाल गर्ने जो कोही नेतृत्वलाई पनि कठालोमा समातेर सडकमा पछार्ने समेत उद्घोष गरेका छन् । हिजोदेखि सुरु भएको प्रधानमन्त्रीको पक्षमा भएको ऐक्यवद्धता आजसम्म आउँदा कास्टिङ मात्र भएको उल्लेख गर्दै अब पनि प्रधानमन्त्री ओलीको राजिनामा माग्नेहरु देश र मुलुकको लागि परिवर्तन भई नआएमा ऐक्यवद्धताको फिल्म शुरु हुने चेतावनी दिएका छन् ।

स्वतफूर्त रुपमा हजारौंको संख्यामा रहेको प्रदर्शनमा नेपालका भारतीय दलाल मुर्दावाद, सत्य मेव जायते की सिंह मेव जयते, प्रधानमन्त्री ओली आजको लागि हैन, भोलीको लागि, लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो, राष्ट्रिय स्वाधिनताको विरोधी होसियार, मान्छेको सान बोलिले, नेपालको सान ओलीले, सरकार फेर्न खोज्ने भारतीय मतियार जनता जाग्दैछन् होसियार, नागरिकता विधेयक पारित गर, देश बेच्न पाइदैन, ओली फाल्न पाईदैन, भारतीय दलाल होसियार, राजनीतिक स्थिरता कायम गर, बैदेशीक हस्तक्षेप वन्द गर लगायतका राष्ट्रिय भावले ओतप्रोत भएका नाराहरु लगाईएको थियो ।

राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधित जोगाउन वर्तमान समयको विषम परिस्थितीमा समेत सडकमा ओर्लनु परेको बताउँदै नागरिकले प्रधानमन्त्री ओलीको पद धरापमा परे लाखौं नागरिक सडकमा उत्रिएर भारतीय दलाहरुको सडकबाट नै अस्थित्व समाप्त पर्ने चेतावनी दिएका छन् । दिल्लीका नेपाली सिल्लीहरुलाई कसरी तह लगाउनुपर्छ भन्ने नेपाली नागरिकलाई राम्रो थाहा भएकाले तिनका दिनगन्ती शुरु हुने चेतावनी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !