१४ बैशाख २०८१, शुक्रबार

नेकपा बैठक जारी


नेकपा स्थायी कमिटी बैठक

काठमाडौँ, १७ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको आज पाचौं दिनको बैठकमा पनि सरकार हटाउन छिमेकी भारत र नेताहरु भित्रभित्र लागेको भन्ने प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदनका विषयमा छलफल भएको छ ।

आजको बैठकमा जननेता मदन भण्डारीको जयन्तीका अवसरमा यही असार १४ गते प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले राख्नुभएका विचार, सरकार हटाउन भारत सक्रिय रहेको, त्यसमा पार्टीका नेताहरूको संलग्नता रहेको र दुई दिनअघि निर्वाचन आयोगमा दर्ताको लागि आवेदन परेको भनिएको नेकपा(एमाले) को सम्बन्धमा छलफलमा सदस्यले भाग लिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

सो विषयमा आज योगेश भट्टराई, लीलामणि पोखरेल, मातृकाप्रसाद यादव, नन्दकुमार प्रसाई र आमन्त्रित सदस्य पेशलकुमार खतिवडाले आआफ्ना धारणा राख्नुभएको थियो । नेकपा स्थायी कमिटीको अर्काे बैठक असार १८ गते बिहीबार ११ बजे पुनः बस्ने छ । बैठक यही असार १० गतेदेशि शुरु भएको हो । बैठकमा नेपालको सीमा समस्या र समाधान, सरकारको समग्र समीक्षा, कोरोना रोकथाम र उपचार, पार्टी एकताका बाँकी काम, एमसिसीलगायत कार्यसूची छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु