१४ बैशाख २०८१, शुक्रबार

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा जारी, प्रधानमन्त्री पनि सहभागी


नेकपा स्थायी कमिटी बैठक

काठमाडौँ, असार १७ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक चलिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

नेकपा स्थायी समितिको पाचौं दिनको बैठक पार्टीभित्र चरम विवाद देखिएको अवस्थामा आजको बैठकलाई महत्वका साथ हेरिएको छ । हिजो मंगलबारको बैठकमा बोल्ने १८ मध्ये अधिकांश स्थायी समिति सदस्यले ओलीको राजीनामा गरेका थिए । विशेषगरी गत आइतबार ओलीले आफू नेतृत्वको सरकार ढाल्न भारत लागिपरेको भन्दै त्यसमा पार्टीकै नेताहरुको भूमिका रहेको अभिव्यक्ति दिएपछि नेकपाभित्र विवादले उग्र रुप लिएको हो ।

यो विषयमा मंगलबारको बैठकमा चर्काचर्की बहस भएको थियो भने ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच भनाभन भएको थियो । यस्तै वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालले समेत ओलीको राजीनामा माग गरेका थिए । एकाएक पार्टीभित्र किचलो सुरु भएपछि ओलीले आज बिहान आफू निकटका मन्त्री तथा स्थायी समिति सदस्यहरुहरुसँग छलफल गरेका थिए ।

छलफलपछि पर्यटनमन्त्री योगेश भट्टराईले बाँकी नेताहरुसँग पनि प्रम ओलीले परामर्श गर्ने बताएको जानकारी दिए । त्यसपछि ओली र प्रचण्डबीच छुट्टै वार्ता भएको भएपनि छलफलबाट के निष्कर्ष निस्कियो भन्ने खुलिसकेको छैन । दुई नेताबीच भएको छलफलको विषय स्थायी समिति बैठकमा जानकारी गराइने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !