१४ बैशाख २०८१, शुक्रबार

नेकपा स्थायी समिति बैठकअघि प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेट


प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी

काठमाडौँ, असार १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बालुवाटारमा जारी स्थायी समिति बैठक सुरु हुनुअघि पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन् ।

नेकपाभित्र अन्तरविरोध चर्किरहेका वेला प्रधानमन्त्री ओलीले स्थायी समिति बैठकको मंगलबारको बैठक सुरु हुनु ठीकअघि राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ । प्रधानमन्त्री ओली शीतलनिवास पुगेर राष्ट्रपति भण्डारीलाई भेटेर फर्केपछि मंगलबारको स्थायी समितिको बैठक सुरु भएको थियो ।

यसअघि पनि पार्टीभित्र अन्तरविरोध चर्किएका वेला अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीलाई भेट्दै आएका थिए । राष्ट्रपति भण्डारीले कतिपय मुद्दामा नेकपाका शीर्ष नेताहरूबीच समन्वयकारी भूमिका खेलेको सार्वजनिक भएको थियो ।

राष्ट्रपति भण्डारीले कतिपय विषयमा नेताद्वय ओली र दाहाललाई भेटेर कुरा गर्ने पनि गरेकी थिइन् । बालुवाटार स्रोतले भने यो नियमित भेट भएको बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !