२० बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री पदका लागि गठबन्धन गरेको होइन : अध्यक्ष ओली


कार्तिक १६, काठमाडौँ | वाम गठत्रबन्धनका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि प्रधानमन्त्री पद आफूलाई दिने गरी नेकपा माओवादी केन्द्रसँग कुनै सहमति नभएको स्पष्ट पार्नुभएको छ । विराटनगर विमानस्थलमा बिहिबार सञ्चारकर्मीहरुसँग बोल्दै उहाँले लोकतन्त्रको स्थायित्वका लागि विचारधारा मिल्ने दलसँग मिलेर वाम गठबन्धन बनाएको बताउँदै प्रधानमन्त्री बन्न गठबन्धन नगरेको स्पष्ट गर्नुभएको हो ।
त्यस क्रममा उहाँले विचारधाराको आधारमा राजनीतिक दल स्थापना हुनुपर्नेमा अधिकांश दलहरु जनताको हितमा नभई स्वार्थका आधारमा स्थापना भएकामा चिन्ता समेत व्यक्त गर्दै पार्दै राष्ट्रियताको संरक्षण र मुलुकलाई समृद्धितर्फ डोर्याउने पार्टी नेकपा एमाले रहेको दाबी गर्नुभयो । झापा जिल्लाको क्षेत्र नं ३ मा आफूहरुसँग राप्रपाले सहयोग माग्न आएको प्रसंग उल्लेख गर्दै अध्यक्ष ओलीले सो दललाई सहयोग गर्ने उद्देश्यले वाम गठबन्धनले सो क्षेत्रबाट उम्मेदवारी नदिने निर्णय गरेको प्रष्ट पार्नुभयो ।
उहाँले नेकपा एमाले मुलुकमा लोकतन्त्रको स्थायित्व, शान्ति, सामाजिक सद्भाव कायम राख्न प्रतिबद्ध रहेको उल्लेख गर्दै कहिले पनि हिंसाको पक्षमा नरहेको स्पष्ट पार्नुभयो । अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट आफ्नो मनोनयनपत्र दर्ता गर्न त्यता जानुभएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !