५ जेष्ठ २०८१, शनिबार

नेकपा बैठक: प्रचण्ड र नेपाल एक, ओलीलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद त्याग्नुपर्ने दबाब


नेकपा स्थायी कमिटीको बैठक

काठमाडौं, ११ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह एक ठाउँमा उभिएका छन् । यो संगै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अप्ठ्यारोमा परेका छन् । ४४ जना स्थायी समिति सदस्यमध्ये अध्यक्ष ओलीको पक्षमा १३ जना मात्र छन् । त्यसैगरी, अर्का अध्यक्ष दाहालको पक्षमा १८ र नेता नेपालको पक्षमा १३ जना छन् ।

प्रधानमन्त्री ओली एमसीसी संसदबाट पारित गराउनका लागि स्थायी समितिको बैठकबाट जसरी पनि निर्णय गराउने पक्षमा छन् । तर, उनका लागि यति सजिलै यो निर्णय हुने संभावना देखिँदैन् ।

स्रोतका अनुसार दाहाल र नेपालले पार्टीमा ‘एक व्यक्ति, एक पद’को अडान नछाड्ने भएका छन् । यो संगै प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद त्याग्नुपर्ने दबाब बढेको छ। स्रोतका अनुसार दाहाल-नेपालले ओलीले विगतमा गरेका गल्तीको आत्मालोचना गर्नुपर्ने माग बैठकमा उठाउने भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !