१४ बैशाख २०८१, शुक्रबार

नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी


नेकपा स्थायी कमिटि बैठक बालुवाटारमा

काठमाडौँ, १० असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । यसअघि गत वैशाख ३१ गते पार्टी केन्द्रीय मुख्यालय धूम्रबाराहीमा बस्ने भनिएको बैठक स्थायी कमिटी सदस्यको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको थियो ।

बैठकमा स्थायी कमिटीका ४५ सदस्य सहित आमन्त्रित सदस्यका रुपमा अनुशासन, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजकको पनि उपस्थिति हुनेछ ।

यस्ता छन् आजको बैठकका एजेण्डाहरु

स्थायी कमिटी सदस्य देवन्द्र पौडेलले सरकारको कामको समीक्षा, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी), बजेट र कोभिड-१९ का बारेमा बैठकमा छलफल हुने बताउनुभयो । यस्ता छन् आजको बैठकका एजेण्डाहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !