१४ बैशाख २०८१, शुक्रबार

भारत र चिनियाँ हस्तक्षेपविरुद्ध नेविसंघले निकाल्यो मसाल जुलुस (फोटो फिचर)


वैशाख २९, काठमाडौँ । नेपाली विद्यार्थी संघ (नेविसंघ) ले भारत र चीनकाे बढ्दाे हस्तक्षेपको विरोध गर्दै काठमाडौंमा मसाल जुलुस निकालेको छ । भारतीय विस्तारवाद र चीनले सगरमाथामा लगाएको गिद्धे दृष्टीको विरुद्ध तथा पक्राउ परेका आफ्ना अध्यक्ष र महामन्त्री सहितका कार्यकर्ताको विनासर्त रिहाइको माग गर्दै राजधनीको बालाजु क्षेत्रमा राँके जुलुश प्रदर्शन गरेका हुन् ।

नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेस तारकेश्वर नगरपालिका-४ को आयोजनामा लोलाङदेखि बाइपाससम्म मसाल जुलुससहित विरोध प्रदर्शन गरिएको हो ।

नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको नेतृत्वमा भएको विरोध प्रदर्शनमा नेपाली कांग्रेस तारकेश्वर नगरपालिका वडा नम्बर ४ का सभापति मनोज राना, महासमिति सदस्य डिल्लिराम सापकोटा, वरिष्ठ अधिवक्ता ठाकुरराम आचार्य, प्राध्यापक संघका केन्द्रीय सल्लाहकार धनेश्वर नेपाल ,विद्यार्थी नेताहरु सन्तोष गुरुङ, जीवन राना, सुशान्त आचार्य, सुदीप अधिकारी लगायत रहेका थिए ।

यस्तैगरी स्थानीय नेताहरु देविराज छत्कुल्ली, खड्गबहादुर थापा,कृष्ण अधिकारी, रामशरण अधिकार, टेकनाथ दाहाल लगायतको उपस्थिति रहेको थियो। जुलुसमा सयौँ स्थानीयको समेत सहभागीता रहेको थियो ।

नेविसंघले निकाल्यो मसाल जुलुस

नेविसंघले निकाल्यो मसाल जुलुस

नेविसंघले निकाल्यो मसाल जुलुस

नेविसंघले निकाल्यो मसाल जुलुस

नेविसंघले निकाल्यो मसाल जुलुस

नेविसंघले निकाल्यो मसाल जुलुस

नेविसंघले निकाल्यो मसाल जुलुस

नेविसंघले निकाल्यो मसाल जुलुस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !