२२ बैशाख २०८१, शनिबार

संसद भवनमा यसरी गरियो स्वाब संकलन (फोटो फिचर)


संसद भवनमा स्वाब संकलन

२६ वैशाख, काठमाडौं । आज शुक्रबारदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुने भएपछि नयाँ बानेश्वरस्थित संसद् भवनमा तयारी तीव्र बनाइएको छ । हिजो बिहीबार संघीय स‌ंसदको प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुमा कोरोना संक्रमण परीक्षण गरिएको थियो ।

आज पनि संघीय स‌ंसदको प्रतिनिधिसभा र राष्ट्रियसभाका हिजो छुटेका सदस्यहरुमा कोरोना संक्रमण परीक्षण गरिएको छ । प्रयोगशालामा गरिने परीक्षणका लागि आज सा‌ंसदहरुको सं‌घीय संसद भवनमा स्वाब संकलन गरिएको हो ।

हिजो बिहीबार प्रतिनिधिसभा सदस्य १७९ र राष्ट्रियसभा सदस्य ३३ जनाको स्वाब लिई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका लागि पठाइएको थियो । आज दिउँसो ४ बजे शुरु हुने सं‌सद बैठकमा प्रवेश गर्न सांसदहरुले आफूलाई कोरोना संक्रमण नभएको प्रमाणपत्र देखाउनुपर्नेछ ।

हेर्नुहोस् तस्वीरहरु

तस्वीरहरु : रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !