२० बैशाख २०८१, बिहिबार

बालुवाटारमा बसिरहेको नेकपा सचिवालय बैठकका रोचक तस्वीरहरु


बालुवाटारमा बसिरहेको नेकपा सचिवालय बैठकका रोचक तस्वीरहरु

२० वैशाख, काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक शुरु भएको छ । रमाइलो कुरा त के देखिएको छ भने प्रधानमन्त्री निवास बालुवाटारमा आज शनिबार साँझ सुरु भएको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एउटै लहरमा कुर्सीको व्यवस्था गरिएको छ ।

यो भन्दा अघिका सचिवालय बैठकहरुमा प्रचण्डलाई अरु नेताहरुसँगै राखिने गरिएको थियो । आज बालुवाटारमा बसिरहेको सचिवालय वैठकमा दुई अध्यक्षको सुधारिएको कुर्सीको ब्यबस्थापनले अर्का नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई पनि खुसी पार्न खोजिएको देखिन्छ ।

बालुवाटारमा बसिरहेको नेकपा सचिवालय बैठकका रोचक तस्वीरहरु
आजको सचिवालय बैठकमा ओली र प्रचण्डको कुर्सी

बुधबार बसेको सचिवालय बैठकमा प्रचण्डले आफू कार्यकारी अध्यक्ष भनिएपनि भूमिका नदिएको गुनासो गरेका थिए । आज शनिबार बसेको बैठकमा प्रचण्डको आसन फेरिएको छ र ओलीकै लहरमा कुर्सी राखिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक संजालमा नेकपा सचिवालय बैठकमा नयाँ बसाइकाे व्यवस्थापन साथ गरिएको भनी लेखेका छन् ।

नेकपा सचिवालय बैठक
वैशाख १७ को सचिवालय बैठकमा ओली र प्रचण्डको कुर्सी

कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएपछि अन्य सचिवालयसँगै राखिएको अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कुर्सी शनिबारको सचिवालय बैठकमा भने फेरि ओलीसँगै राखिएको छ। शनिबारको प्रधानमन्त्रीको तिब्र भेटवार्तापछि सचिवालय बैठकबाट फेरि ‘सरप्राइज’ निर्णय आउने देखिएको छ ।

बालुवाटारमा बसिरहेको नेकपा सचिवालय बैठकका रोचक तस्वीरहरु

यो पनि पढ्नुहोस्

नेकपा सचिवालय बैठक सुरु, ओली प्रचण्डको कुर्सी एउटै लहरमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !