१९ बैशाख २०८१, बुधबार

घुम्न जाउँ सुन्दर कान्ति लोकपथ (फोटो फिचर)


कान्ति लोकपथ

माघ २४, काठमाडौँ । कान्ति लोकपथको हेटौंडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म ९१ किलोमिटर लम्बाइ रहेको छ । यस पथले काठमाडौँ उपत्यका र प्रदेश ३ को राजधानी हेटौंडालाई जोड्ने समृद्धिका सपना साचेको छ ।

हेटौँडा–नारायणगढ–मुग्लिन–नागढुंगा सडकको दूरी २२२ किलोमिटर छ । कान्ति लोकपथ निर्माणपछि दूरी १३२ किलोमिटर छोटिनेछ । तीन घन्टामा ९० किलोमिटर दूरीको यात्रा पूरा हुने भएकोले समय र इन्धन दुवैको बचत हुने देखिन्छ । कान्ति लोकपथको यात्रा गर्दा सडकको वरिपरि मनोमहक हरियाली गाउँले परिवेश अवलोकन गर्न सकिन्छ ।

काठमाडौं–हेटौंडा वैकल्पिक सडकको योजनाका रूपमा २०६५ सालमा सरकारले तत्कालीन कान्ति राजपथलाई लोकमार्ग नाम दिई छुट्टै योजनाका रूपमा काम अघि बढाएको थियो । यो सडकले ललितपुरको दक्षिणीपूर्वी भेग र मकवानपुरका उत्तरी भेगका बासिन्दाको जीवनशैली परिवर्तन गर्ने विश्वास गरिएको छ ।

घुमघाम गरौ आन्तरिक पर्यटन प्रवर्द्धन गरौ ! नेपाल भ्रमण बर्ष २०२० सफल पारौ !

यो पनि पढ्नुहोस् 

घुम्न जाउँ भादा गाउँ

स्वर्गकी भर्जिन अप्सरा : रारा ताल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !