१४ बैशाख २०८१, शुक्रबार

निषेधाज्ञामा सुनसान देखिएको काठमाडौँ उपत्यका (फोटो फिचर)


निषेधाज्ञामा सुनसान काठमाडौँ

काठमाडौँ । काठमाडौँ उपत्यकामा हिजोदेखि अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार हिजो बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो ।

निषेधाज्ञाको पहिलो दिन काठमाडौं सुनसान देखिएको थियो । अत्यावश्यक बाहेक सबै सवारीलाई प्रहरीले कडाइका साथ रोकेको छ । आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गर्न पाइने छैन ।

उपत्यकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या दिनप्रतिदिन बढेपछि ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले हिजो बिहान ६ बजेदेखि लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको थियो ।
निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकानिषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकानिषेधाज्ञामा सुनसान काठमाडौँनिषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकानिषेधाज्ञामा सुनसान काठमाडौँनिषेधाज्ञामा सुनसान काठमाडौँ निषेधाज्ञामा सुनसान काठमाडौँ निषेधाज्ञामा सुनसान काठमाडौँ निषेधाज्ञामा सुनसान काठमाडौँ

तस्वीर : प्रदीपराज वन्त (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु