५ जेष्ठ २०८१, शनिबार

प्रधानमन्त्रीको भारत भ्रमण : परराष्ट्र मन्त्रालयमा समन्वयको अभाव


शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण तीन दिन बाँकी रहँदासम्म भ्रमणको एजेन्डा र भ्रमण दलका सदस्यबारे परराष्ट्र मन्त्रालयले अनभिज्ञता प्रकट गरेको छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भ्रमणको एजेन्डा र भ्रमण दलका सदस्यबारे छलफल जारी नै रहेकाले अहिले भन्न सक्ने अवस्था नरहेको बताइन् ।

पत्रकार सम्मेलनमा उनले मन्त्रालयले सोमबार जारी गरेको भ्रमण कार्यक्रम तालिकाभन्दा बढी बताइनन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपाल र भारतबीच ती भूभागलाई लिएर विवाद सिर्जना भएको छ ।

विवादित भूभागबारे वार्ताबाट समस्या समाधान गर्ने द्विपक्षीय सहमतिविरुद्ध कार्य गरेको भन्दै भारतले नेपालको नयाँ नक्सा स्वीकार नगर्ने प्रतिक्रिया दिएको थियो ।

विवादकै बीचमा विवादित भूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रोपटक सडक विस्तारको कार्य अगाडि बढाएपछि नेपालमा त्यसको विरोध भइरहेको छ ।आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !