२० बैशाख २०८१, बिहिबार

नुवाकोटको केन्द्रीय कारागारको निर्माण कार्य अन्तिम चरणमा


काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–६, खम्बा क्याम्पस्थित केन्द्रीय कारागारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

फागुन मसान्तसम्ममा एक हजार कैदीबन्दी कारागारमा राख्ने तयारीअनुरूप प्राविधिक तथा सुरक्षा व्यवस्थासम्बन्धी कार्य तीव्र गतिमा भइरहेको छ ।

जिल्ला कारागार नुवाकोटका प्रमुख गङ्गालाल योगीले भौतिक पूर्वाधार निर्माणतर्फ ९५ प्रतिशत काम सम्पन्न भई सुरक्षा व्यवस्था तथा प्राविधिक सुधारका कार्य चरणबद्ध रूपमा भइरहेको बताउँदै भने, “फागुन मसान्तसम्ममा एउटा युनिटको दुई ब्लकमा पाँच/पाँच सय कैदी राख्ने गरी निर्माण कार्य भइरहेको छ ।”

करिब ५४० रोपनी क्षेत्रफलमा फैलिएको कारागार चरणबद्ध रूपमा सञ्चालनमा आउने छ । सीसी क्यामेरा, तारबार, कर्मचारी आवासगृह, सुरक्षा, भेटघाट कक्ष, कानुनी परामर्श कक्ष आदि निर्माण हुँदैछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !