२१ बैशाख २०८१, शुक्रबार

कार्यकर्तामा काँग्रेस धनी


नेपाली कांग्रेस

काठमाडौं । केन्द्रीय नेतृत्व चयन गर्न महाधिवेशनमा होमिएका प्रमुख राजनीतिक दलहरू वडादेखि नै पार्टीको जग बलियो बनाउने कसरतमा लागेका छन् ।

तल्लो तहबाटै साङ्गठनिक संरचना बलियो बनाउने उद्देश्यका साथ प्रमुख राजनीतिक दलहरूले सङ्गठन विस्तारलाई तीव्रता दिएका हुन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादीसहितका राजनीतिक दलहरू महाधिवेशन, राष्ट्रिय सम्मेलन र सङ्गठन निर्माण अभियानमा जुटेका छन् ।

नेपाली काँग्रेसको १४औँ महाधिवेशन मङ्सिर २४, २५ र २६ गते हुँदै छ । महाधिवेशनको प्रक्रिया क्रियाशील सदस्यता वितरणबाट सुरु हुन्छ ।

नेपाली काँग्रेसले देशका ७७ वटै जिल्लामा यस पटक क्रियाशील सदस्यता झन्डै दोब्बर वृद्धि गरेको छ । कतिपय जिल्लामा ५० प्रतिशत नयाँ क्रियाशील सदस्य थपिएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।

शर्माले भने, “नेपाली काँग्रेसका क्रियाशील सदस्यको सङ्ख्या आठ लाख ७० हजारभन्दा बढी भएको छ । यो सङ्ख्या नयाँ र पुराना क्रियाशील सदस्यसहितको हो ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !