२० बैशाख २०८१, बिहिबार

लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने


मलेसिया

काठमाडौं । कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने भएका छन् । मलेसियामा श्रमिकको अभाव भएपछि केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीतिअनुरुप नेपाली श्रमिक रोजगारीका लागि मलेसिया जान पाउने भएका हुन् ।

नेपालस्थित मलेसियाको दूतावासले विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण लगाइएको प्रतिबन्ध हटाउँदै नेपाली श्रमिकले लिने निर्णय तत्काल देखि लागू हुने प्रस्ट पारेको छ ।

लामो समयदेखि कोरोनाका कारण विदेशी श्रमिकको यात्रामा प्रतिबन्ध लगाएको मलेसियाले श्रमिकको अभाव भएको भन्दै केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीति लिएपछि नेपाली श्रमिक पनि रोजगारीका लागि मलेसिया जान बाटो खुलेको हो । कोरोना सङ्क्रमण फैलिन नदिन मलेसिया प्रवेशका लागि विभिन्न प्रावधान भने लागू हुनेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !