२० बैशाख २०८१, बिहिबार

धितोपत्र बोर्डका अध्यक्ष निलम्बित


भिष्मराज ढुंगाना

कानूनविपरीत सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदिएको भन्दै विवादमा परेका धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई बोर्ड अध्यक्षबाट निलम्बन गरी सरकारले छानविन गर्न समिति गठन गरेको छ ।

बुक बिल्डिङ विधिबाट प्राथमिक शेयर जारी गर्न तयार रहेको सर्वोत्तम सिमेन्टको शेयर कानुनविपरीत आफन्तका नाममा खरिद गरेको देखिएकाले सरकारले उनलाई निलम्बनमा राखी छानविन गर्न समिति गठन गरेको हो । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा विज्ञ सदस्यका रूपमा नारायणप्रसाद पौडेल र अर्का सदस्य नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का रहेका छन् ।

बैठकपछि कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धितोपत्र बोर्डसम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ७ अनुसारको कामका लागि समिति गठन गरिएको बताए ।

उक्त उपदफा अनुसार अध्यक्षले बोर्डलाई हानिनोक्सानी पुर्‍याएको छानविनबाट पाइए पूँजी बजारको विकासविपरीत हुने गरी काम कारबाही गरेमा नेपाल सरकारले तोकिएबमोजिम जाँचबुझ समितिको गठन गर्न उल्लेख छ । जाँचबुझ समितिले सिफारिश गरेका अध्यक्षलाई हटाउन सकिने व्यवस्था पनि रहेकाले आवश्यक छानविन अघि बढाइएको सरकारको भनाइ छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !