२१ बैशाख २०८१, शुक्रबार

महन्थ ठाकुर नयाँ पार्टी गठनका लागि मधेस झरेका हुन् त ?


महन्थ ठाकुर

काठमाडौं । जसपा अध्यक्षबाट उपेन्द्र यादव पक्षले हटाउने निर्णय गरिरहेका बेला महन्थ ठाकुर सोमबार जनकपुरमा अगुवा कार्यकर्तासँग छलफलमा थिए । राजनीतिक जीवनको उत्तरार्द्धमा ‘कठिन मोड’ मा पुगेका ठाकुर एक साताअघि मधेस झरेका हुन् ।

ठाकुरसँग यति बेला न पार्टी न त छ राजनीतिक विरासत । निर्वाचन आयोगले यादवलाई पार्टीको आधिकारिकता दिएपछि आफ्नो पक्षका सांसदको पद कसरी जोगाउने भन्ने तनाव थपिएको छ, ठाकुरमाथि ।

जसपामा सर्वसम्मत ‘नेतृत्व’ मानिने ठाकुरसँग पार्टी नै नरहेपछि मधेस झरेका हुन् । मधेसमा तीव्र राजनीतिक गतिविधि गरिरहेका छन् । उनको यो सक्रियता नयाँ पार्टी गठनका लागि हो वा मधेसमा गुम्दै गएको आफ्नो जनमत रक्षाका लागि भन्ने जिज्ञासा पैदा भएको छ ।

अबको राजनीतिक बाटो तय गर्न ठाकुरसहित शीर्र्ष नेता प्रदेश २ को अस्थायी राजधानी जनकपुर झरेको उनीनिकट नेता बताउँछन्। यसबीच ठाकुरले महोत्तरी र धनुषामा भएका भेलालाई सम्बोधन गरे। उनको सक्रियतामा १५ जिल्लामा कार्यकर्ता भेला सम्पन्न भएका छन्। भदौ ९ गतेसम्म अभियान जारी रहने ठाकुर पक्षका नेता केशव झाले अन्नपूर्ण पोस्ट्सित बताए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि त्यसको समर्थन गर्दै सत्ताको सहयात्री बन्नु नै ठाकुरको ‘दुर्दसा’को सुरुवात हो ।

उनले एकलौटी रूपमा ओली नेतृत्वको सरकारमा जाने निर्णय गरेपछि पार्टी विभाजनतर्फ उन्मुख भएको थियो। यादवले आफूसँग बहुमत रहेको भन्दै निवेदन दिएपछि निर्वाचन आयोगले सनाखत गर्यो । बहुमत सदस्य यादवको पक्षमा उभिएपछि ‘ठाकुरको हातबाट पार्टी’ खोसियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजकरण महतोले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !