२१ बैशाख २०८१, शुक्रबार

प्रचण्डको अफरमा शेरबहादुर देउवा सकारात्मक, अब के होला ?


प्रचण्ड र देउवा फाइल फोटो

काठमाडौं । शेरबहादुर देउवासँग उनकै नेतृत्वमा काँग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बनाउने र प्रधानमन्त्री केपी ओलीलाई बिदाइ गर्ने प्रयासमा पुष्पकमल दाहालले छलफल गरेका छन् । उक्त प्रस्तावमा देउवा सकारात्मक देखिएको जनाएको छ ।

देउवाले जसपाभित्रको राजनीतिक अवस्था बुझ्न दाहालसँग आग्रह गरेको र जसपा तयार भए तीन पार्टीको संयुक्त सरकार बनाएर अघि जान तयार रहेको सन्देश दाहाललाई दिएका छन् ।

जसपाका नेताहरुमा भने ओली नेतृत्वको सरकारमा रहने या विकल्पका रुपमा आउने सरकारलाई साथ दिने भन्ने द्विविधा देखिन्छ । जसपाका नेताहरुले सरकार गठनकै पेरिफेरीमा रहेर दुवै पक्षबाट ठोस प्रस्ताव नआएको बताएका छन् । तर, प्रधानमन्त्री ओलीले जसपाभित्रको राष्ट्रिय जनता पार्टी (राजपा) पक्षका नेताहरुसँग भित्री रुपमा गरेको भेटले पनि दाहाल–देउवालाई झस्काएको छ । जसपाभित्र पनि यो विषय सन्देहपूर्णरुपमा उठेको छ ।

ओलीले महन्थ ठाकुरसँग गरेको भेट, ठाकुरले सत्ता साझेदारीका विषयमा छलफल गर्न लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई दिएको जिम्मेवारी लगायतले जसपाभित्र हलचल ल्याएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !