१४ बैशाख २०८१, शुक्रबार

‘एकता जोगाउने सूत्रहरुले काम गर्न छाडे’


विष्णुप्रसाद पौडेल फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले केही सिमित नेताको आकांक्षा नै अहिलेको समस्याको मुख्य जड भएको बताएका छन् । नागरिक दैनिकसँगको अन्तरवार्तामा उनले सिमित व्यक्तिको आकांक्षा पूरा गर्न पार्टीभित्र समस्या थपिदै गएको बताए ।

‘नेताहरु र केही पक्षलाई पनि व्यक्तिगत आकांक्षाले डोहोर्याएको छ । त्यो आकांक्षा, मुलुक र जनताको आवश्यकता हो कि होइन ?,’ उनले प्रश्न गरेका छन्, ‘स्वयम् पार्टीको आवश्यकता हो कि होइन त्यसतर्फ कसैको मतलब छैन । आकांक्षाले यसरी जबर्जस्ती डोहोर्याएको छ कि त्यही आकांक्षा पूरा गर्न पार्टीभित्र यसप्रकारका समस्या एकपछि अर्कोरुपमा थपिदै गएका छन् ।’

उनले नेकपाको एकता जोगाउने सूत्रहरुले अहिले चाहिँ काम नगरिहेको बताउँदै एकता जोगाउने अनेकन सूत्र कामयाब नभएको बताए । ‘एकता जोखाउने अनेकन सूत्र छन् जुन कामयाबी भएनन् । आज पनि हामी एकता जोगाउन नयाँ सूत्रकै खोजीमा छौँ ।’ आजको नागरिक दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !