२१ बैशाख २०८१, शुक्रबार

खोप निःशुल्क उपलब्ध गराउन पहल


ईश्वर पोखरेल

काठमाडौं  । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस विरुद्धको खोप ल्याउने प्रक्रियामा भइरहेका प्रगति र पहलका विषयमा चासो व्यक्त गरेका छन्। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार सम्पन्न बैठकमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाको खोप ल्याउन र भण्डारणमा रहेका समस्याबारे चासो राखेका हुन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उपप्रधानमन्त्री पोखरेलले समयमै निःशुल्क खोप उपलब्ध गराउने बारेमा एमसीसी आबद्ध मन्त्रालयसँग छलफल भएको जानकारी दिएका छन् । उनल भने “समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने सन्दर्भमा छलफल भएको हो । त्यस बाहेकका कतिपय निर्णयको कार्यान्वयनका सन्दर्भमा पनि अनौपचारिक छलफल ग¥यौँ ।”

बैठकले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि भइरहेका सम्बन्धित काम र कोभिड कोषको खर्च विवरण नागरिकलाई जानकारी गराउने निर्णयसमेत गरेको छ । उपप्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार अन्तर्राष्ट्रिय सीमा बिन्दुमा स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने र त्यसका लागि आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी करार सेवामा नियुक्त गर्नेबारेमा पनि बैठकमा छलफल भएको थियो ।

कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भत्ता सम्बन्धमा देखापरेका केही व्यावहारिक कठिनाइलाई सम्बोधन गर्ने विषयमा समेत बैठकमा छलफल भएको आजको गोरखापत्र दैनिकमा खवर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !