१४ बैशाख २०८१, शुक्रबार

बलात्कृत किशोरी गर्भसहित भौतारिँदै


असुुरक्षित गर्भपतन

गोरखा । १४ वर्षको उमेरमा बच्चा जन्माउन जोखिम देखेपछि गोरखाका एक दम्पतीले बिहीबार छोरीलाई पोखराको थ्री एञ्जल्स नामक संस्थामा सुम्पिएर फर्किए। संस्थाले नै सुरक्षित सुत्केरी गराइदेला भन्ने विश्वासमा छन् उनीहरू।

सात कक्षामा पढ्ने किशोरीको गर्भमा ३१ हप्ताको शिशु हुर्किरहेको छ। वैशाख ११ गते निउरो टिप्न जंगल गएकी उनलाई गोरखा नगरपालिका–८ का ६५ वर्षीय तुलबहादुर थापाले बलात्कार गरेपछि गर्भ रहन गएको किशोरीका आमा बताउँछिन्।

‘पाठेघरको समस्याले महिनावारी रोकिएको हो कि भनेर चेकजाँच गर्न मेरीस्टोप्स लग्यौँ। मेरीस्टोप्सले भिडियो एक्सरे गर्न आमाबा अस्पताल पठायो। बल्ल पो थाहा भयो, पेटमा बच्चा रहेछ भनेर’, किशोरीका बुबाले भने, ‘हप्कीदप्की गरेर सोधेपछि बल्ल छोरीले माइला थापा (तुलबहादुर) ले वैशाखमा निउरो टिप्न जाँदा बलात्कार गरेको भनी। घटनाबारे कसैलाई भनेमा स्कुल जाँदा बाटोमा काटेर फालिदने धम्की दिएको रहेछ।’ त्यस दिनदेखि उनले राम्रोसित नखाने, ननिदाउने मुच्र्छा पर्ने, टोलाउने गरेको उनले बताए।

त्यसबेलादेखि माहिला फरार रहेको पनि उनले सुनाए। माहिला थापाका छोराले गर्भपतन गराउन चितवनसम्म लगेको तर आफूहरू नमानेर फर्किएको उनले बताए। ‘प्रहरी कार्यालयमा उजुरी नगर, बरु हामी क्षतिपूर्ति तिरौँला, गर्भपतन गरौँ भनेर हामीलाई चितवन लगेका थिए। तर, त्यहाँ कागजमा कसले सही गर्ने भन्नेमा विवाद भएपछि हामी नमिलेर फर्कियौँ’, किशोरीका बुबाले भने, ‘त्यसपछि कात्तिक २२ गते हामी प्रहरी कार्यालयमा गयौँ। २५ गते मुद्दा दर्ता गर्‍यौँ।’ मुद्दा दर्ता भएको एक महिना पुग्न लाग्दा अहिलेसम्म बलात्कारी पक्राउ नपरेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !