१४ बैशाख २०८१, शुक्रबार

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तथा वाइडबडी प्रकरणमा लेखा समितिको चासो


डा. मिनेन्द्र रिजाल

काठमाडौं,असोज ९ । संसद्को सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका दुई ठूला खरिद प्रकरणमा चासो देखाएको छ ।

लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तथा वाइडबडी जहाज प्रकरणको छानबिनमा भएको प्रगतिबारे अख्तियारसँग विवरण माग गरेको हो ।

समितिको बिहीबारको बैठकमा सांसदहरुले यी दुई प्रकरणमाथिको अनुसन्धानमा तदारुकता नदेखाएको बताएपछि यसबारे प्रगति विवरण पेस गर्न अख्तियारलाई पत्र लेख्ने निर्णय भएको लेखा समिति सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।

बिहीबारको बैठकमा नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले लेखा समितिले पठाएका अनियमितताका घटना छानबिन गर्न अख्तियार चुकेको बताए । उनले यी दुई ठूला प्रकरणबारे अख्तियारलाई पत्र लेख्न जरुरी रहेको आवश्यकता औंल्याए ।

त्यस्तै, नेकपाका सांसद विरोध खतिवडाले लामो समयदेखि छानबिनमा रहेका यी प्रकरणको परिणाम बाहिर नल्याइनुको कारण अख्तियारसँग माग्नुपर्ने बताए ।

सांसद राजेन्द्र केसीले वाइडबडी अनियमितता र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा लेखा समितिले अख्तियारलाई छानबिन गर्न भने पनि अख्तियार लामो समय मौन बस्नुको कारण माग गर्न आग्रह गरेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !